माधव राष्ट्रपतिका उम्मेदवार भए एमालेले उम्मेदवार उठाउँदैन : पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले छुट्टै उम्मेदवार नउठाउने बताएका छन् । उनले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने तयारी गरेको बताए । ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो छैन’गुरुङले रातोपाटीसँग भने, ‘यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उहाँलाई मत हालेर जान्छौं । पार्टीको कोही उम्मेदवार हुने छैन ।’
तर, एमालेले राष्ट्रपतिका विषयमा शनिबार बिहान ९ बजे बस्ने सचिवालय बैठकले आधिकारिक निर्णय गर्ने गुरुङले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मिसाउने रणनीतिमा लागेका छन् । उनले नेपाललाई पुरानै गठबन्धनको उम्मेदवारको रुपमा ब्याख्या गरेर राष्ट्रपतिमा सहयोग गर्ने तयारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण