आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माधव राष्ट्रपतिका उम्मेदवार भए एमालेले उम्मेदवार उठाउँदैन : पृथ्वीसुब्बा गुरुङ

शुक्रबार, १२ फागुन २०७९, १६ : ०१
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले छुट्टै उम्मेदवार नउठाउने बताएका छन् । उनले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने तयारी गरेको बताए । ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो छैन’गुरुङले रातोपाटीसँग भने, ‘यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उहाँलाई मत हालेर जान्छौं । पार्टीको कोही उम्मेदवार हुने छैन ।’ 

तर, एमालेले राष्ट्रपतिका विषयमा शनिबार बिहान ९ बजे बस्ने सचिवालय बैठकले आधिकारिक निर्णय गर्ने गुरुङले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मिसाउने रणनीतिमा लागेका छन् । उनले नेपाललाई पुरानै गठबन्धनको उम्मेदवारको रुपमा ब्याख्या गरेर राष्ट्रपतिमा सहयोग गर्ने तयारी गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप