शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

मनाङ चामलको विज्ञापन : आफ्नै परिवारका सदस्य राखेर बनाइएको भिडियो भाइरल

शनिबार, १३ फागुन २०७९, ०८ : २१
शनिबार, १३ फागुन २०७९

काठमाडौं । सामाजिक सञ्जालमा एउटा विज्ञापन निकै चर्चामा छ । मनाङ चामलले आफ्नो प्रचारप्रसार गर्न बनाएको विज्ञापन चर्चामा रहेको हो । चामलका कारण नभएर भिडियोका कारण विज्ञापन भाइरल बनेको हो ।

एकछिन त्यो भिडियोको चर्चा गरौं । एउटा कारमा बुबा र छोरी जान्छन् । सानो छाप्रो नजिकै उभिएर एक युवक दुवै जनालाई स्वागत गर्न तयार हुन्छन् । घर र गेटअप हेर्दा युवक निकै गरिब देखिन्छन् ।

बुबा र छोरी कारमा आएर उनकै घर अगाडि रोकिएर एकछिन घर र युवकलाई हेर्छन् । घर देखेपछि बुबा छोरीतर्फ हेरेर केही सोच्छन् । बुबा सिधै घरभित्र प्रवेश गर्छन् । र, बाहिर युवक र युवती केही नबोली एकछिन इसाराले गफ गर्छन् ।

घरभित्र छिरेर भित्रको अवस्था हेर्छन् । घरभित्रको अवस्था देखेपछि युवतीका बुबा निकै आक्रोशित मुद्रामा देखिन्छन् । घरको भित्तामा युवकले आफ्नो र प्रेमिकाको फोटो टाँगेका हुन्छन् ।

भिडियोमा बुबाको भूमिका अनुप तिवारीले निभाएका छन् । जो भुवनकै आफ्नै काका हुन् । त्यस्तै युवतीको भूमिकामा रहेकी सनम अर्याल उनको बहिनी हुन् । सबै आफन्तलाई राखेर उनले भिडियो सुट गरेका थिए ।

त्यतिबेला सम्म भिडियो हेर्दा खासै केही लाग्दैन । जब प्रेसर कुकरमा सिट्टी लाग्छ । अनि भिडियोमा ट्वीस्ट देखिन्छ । र, युवतीको बुबाको मन पनि प्रफुल्लित हुन्छ ।

सिट्टी लागेपछि उनले मनाङ चामलको बास्ना थाहा पाइहाल्छन् ।

त्यसपछि युवक बोल्छन्– म त सधैँ मनाङ चामलमात्रै खान्छु अंकल ।

त्यसपछि युवतीका बुबा नरम र सभ्य भाषामा बोल्छन्– अंकल होइन, अब बाबा भन्नुस् ज्वाइँ साप ।

त्यति भनिसकेपछि प्रेमी–प्रेमिका मख्ख हुन्छन् र एक अर्कालाई औँठी लगाइदिन्छन् । युवतीका बुबाले दुवै जनालाई आशीर्वाद दिन्छन् ।

मनाङ चामलको ब्राण्डलाई प्रचार गर्न भिडियो विज्ञापन गरिएको थियो । तर, खासमा यो भिडियोको कन्सेप्ट चर्चामा रह्यो । यसको फाइदा मनाङ चामललाई पनि भयो ।

यो भिडियो चितवनमा बनाइएको हो । मनाङ चामल पनि चितवनकै प्रोडक्ट हो । यो भिडियो आर्यन प्रोडक्सनले निर्माण गरेको हो । भिडियोमा देखिएका सबै पात्र आफन्त नै हुन् ।

भिडियोको कन्सेप्ट, डाइरेक्सन, छायांकन र इडिटिङ भुवन तिवारीले गरेका हुन् ।

भिडियोमा बुबाको भूमिका अनुप तिवारीले निभाएका छन् । जो भुवनकै आफ्नै काका हुन् । त्यस्तै युवतीको भूमिकामा रहेकी सनम अर्याल उनको बहिनी हुन् । सबै आफन्तलाई राखेर उनले भिडियो सुट गरेका थिए ।

उनका अंकल अनुपले पहिलो पटक क्यामेरा फेस गरेका हुन् । भिडियो बन्दासम्म उनलाई त्यस्तो खासै फरक लागेको थिएन । उनलाई केही फरकपन दिनुपर्छ भन्ने लाग्यो । त्यसपछि १०÷१५ दिन लगाएर भिडियोको कन्सेप्ट सोचे । त्यसपछि भिडियो सुट गर्न थाले ।

तर, अन्तिममा आएर त्यो कन्सेप्ट उनलाई त्यत्ति चित्त बुझेको थिएन । त्यसपछि भिडियोको सुट सकिन दुई दिन अगाडिमात्रै नयाँ कन्सेप्ट फु¥यो । र अन्तिमको प्रेसर कुकरमा सिट्टी बज्नेवाला कन्सेप्ट रिप्लेस गरे । जुन अहिले हिट भयो र उनको चर्चा हुनपुग्यो ।

यो भिडियोका लागि उनले ८० हजार रूपैयाँ पाएका थिए । र आफ्नो परिवारकै सदस्यलाई लिएर भिडियो सुट गरे । यसरी चर्चामा आउँछ र आफू भाइरल हुन्छु भन्ने उनले कल्पनासमेत गरेका थिएनन् ।

सामाजिक सञ्जालको जमाना छ । केही कुरा नयाँ आयो भने भाइरल भइहाल्छ । उनले बनाएको विज्ञापन भिडियोमा केही फरकपन थियो र भाइरल बन्यो ।

‘केही नयाँपन दिनुपर्छ भन्ने त लागेको थियो र १५ दिन जति लगाएर कन्सेप्ट बनाएको थिएँ । तर, यसरी भाइरल हुन्छ होला भन्ने सोचेको थिइनँ,’ रातोपाटीसँगको कुराकानीमा भुवनले भने ।

मनाङ चामललाई पनि उक्त भिडियो एकदम मन परेको छ । र अहिले उसको व्यापार पनि बढिरहेको छ । जो कोहीमा मुखमा यतिबेला मनाङ चामल झुण्डिरहेको छ ।

उनी केही वर्षयता कमेडी खालका भिडियो बनाउँदै आएका छन् । यसरी विज्ञापन पनि बनाउन थालेको भने धेरै भएको छैन । आफ्नो पेसामा केही नयाँपन ल्याउन सकियो भने त्यसले फाइदा पुग्छ भन्ने उनको विश्वास छ ।

लामो समयसम्म यही क्षेत्रमा काम गर्दा कसैले खासै उनलाई चिन्दैन थिए । तर, अहिले मनाङ चामलको यो भिडियोले एकाएक चर्चामा ल्याइदियो र काम गर्ने थप हौसला प्रदान भएको उनको भनाइ छ ।

यसअघि उनले गत वर्ष अकबरे क्रन्चीको पनि यस्तै खालको एड बनाएका थिए । त्यो बेला पनि खुबै चर्चा चलेको थियो । उनले भिडियो विज्ञापनलाई पनि केही फरकपन र कमेडी पाराको बनाउने गरेका छन् । जसले गर्दा एकातिर मान्छेहरूले भिडियो हेरेर आनन्द पनि लिन्छन् भने अर्कोतिर प्रचार प्रसार पनि हुन्छ ।

विगतमा उनले गरेको कामको आधारमै मनाङ चामलले भिडियोका लागि उनीसँग डिल गरेको रहेछ । मनाङ चामललाई पनि उक्त भिडियो एकदम मन परेको छ । र अहिले उसको व्यापार पनि बढिरहेको छ । जो कोहीमा मुखमा यतिबेला मनाङ चामल झुण्डिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप