राष्ट्रपतिमा सुवास नेम्वाङको प्रस्तावक र समर्थक ५–५ जना
शनिबार, १३ फागुन २०७९, १३ : २१
काठमाडौँ । राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट उम्मदवार बनेका सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावक र समर्थकमा ५–५ जना रहेका छन् । प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् ।
यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।
नेम्वाङले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेले कांग्रेसबाहेकका सबै दललाई राष्ट्रपतिमा सघाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण