अमेरिकी र्यापर आर केली चाइल्ड पोर्नोग्राफीमा दोषी ठहर, २० वर्षको जेल सजाय
अमेरिकी सङ्गीत उद्योगका चर्चित गायक आर. केलीलाई शिकागोको सङ्घीय अदालतले बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । ५६ वर्षीय गायक रोबर्ट सिल्भेस्टर केलीविरुद्ध सन् २०१९ मा दायर गरिएका १३ आरोपमध्ये ६ मा दोषी ठहर गरियो । यी आरोपमा नाबालिगलाई यौन क्रियाकलापमा संलग्न गराएको तीन मुद्दा र यौन सम्बन्ध बनाएको तीन मुद्दा समावेश थिए ।
गायकमाथि लागेको आरोपको सुनुवाइमा, उनले आफ्नी तत्कालीन १४ वर्षीय छोरीको यौन शोषणका तीन भिडियो बनाएको न्यायाधिसले पाए । केलीले यी १४ वर्षीयलाई छोरी बनाएका थिए । केलीले यसअघि आफ्नी छोरीलाई दुर्व्यवहार गरेको र नाबालिगहरूलाई यौन सम्पर्क गर्न प्रलोभन देखाएको मुद्दामा सफाइ पाएका थिए ।
केली पहिले नै धोखा धडी र यौन तस्करीको आरोपमा ३० वर्षको जेल सजाय भोग्दै छन्, जुन उनलाई सन् २०२१ मा सुनाइएको थियो । अभिआयोजकहरूले केलीलाई ३० वर्षको जेल सजाय पुरा भएपछि २५ वर्षको थप सजाय दिइनुपर्ने बताएका थिए तर न्यायाधिसले यी दुवै सजाय सँगसँगै हुने बताए । यस्तोमा केली जन्मकैदको सजायबाट बचेका छन् । यद्यपि, उनले अझै ३१ वर्ष जेलमा बिताउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण