बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको छ : नेता निधि

शनिबार, १३ फागुन २०७९, १८ : ०५
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन् । शनिवार काठमाडौँमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताए । उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताए ।

उनले भने, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर अहिले पुनः नेपाली काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ । आज बिहान काँग्रेसले निर्णय गरेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । साथै उम्मेदवारी दर्ता पनि भइसकेको छ । अब यो गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म अघि बढ्नेछ ।’

नेता निधिले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म जारी रहने दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप