बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

उपत्यकामा भएका अधिकांश बलात्कार होटेलमा

आइतबार, १४ फागुन २०७९, ०६ : ४८
आइतबार, १४ फागुन २०७९

काठमाडौं । काठमाडौं उपत्यकामा अधिकांश बलात्कारका घटना होटलमा हुने गरेको भेटिएको छ । पछिल्लो तीन महिना (मंसिर, पुस र माघ)मा भएका घटना विश्लेषण गर्दा अधिकांश बलात्कार होटलमा भएको भेटिएका हुन् ।

धादिङ घर भएर काठमाडौंको नागार्जुन बस्ने सुरज अधिकारी फागुन ९ मा पक्राउ परे । ३४ वर्षीय सुरजले १७ वर्षीय किशोरीलाई होटलमा लगोर बलात्कार गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भुका अनुसार काठमाडौं महानगरपालिका–१५ स्थित कारखाना चोकको एक होटलमा ती किशोरीलाई लगेर सुरजले बलात्कार गरेका हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७९ मंसिर, पुस र माघमा उपत्यकाका ३ जिल्लामा ६१ वटा बलात्कारका घटना भएका छन् । तीमध्ये होटलको कोठामा ३१ वटा बलात्कारका घटना भएका छन् ।

यस्तै डेरा कोठामा बलात्कारका १७ वटा घटना भएका छन् । घर कोठामा ११ जना बलात्कृत भएका छन् । काठमाडौं उपत्यकामा मन्दिर र टहरामा पनि बलात्कार हुने गरेको भेटिएको छ ।

उपत्यकामा ३ महिनाको बलात्कार घटना :

table2

तीन महिनाको अवधिमा १८ वर्षसम्मका ३५ जना किशोरी बलात्कृत भएका छन् । यस्तै १९ देखि २५ वर्षसम्मका १५ जना र २६ देखि ३५ वर्षसम्मका ९ जना युवती र ३६  देखि ४५ वर्ष उमेर समूहका दुई जना बलात्कृत भएका छन् ।

 

होटल र गेष्ट हाउसमा पैसा तिरेपछि सहज कोठा उपलब्ध हुने हुनाले अरोपितहरुको सहज एप्रोच हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए ।

‘पैसा तिरेपछि सहज रुपमा बस्न पाइने भएकाले आरोपितहरुले गेष्ट हाउस र होटललाई घटनास्थल बनाउने गरेका छन्,’ एसपी रिजालले भने, ‘ललाई, फकाई पीडितहरुलाई होटलमा लगेर बलात्कार गर्ने गरेको अनुसन्धानबाट देखिन्छ ।’

काठमाडौं उपत्यकामा होटल र गेष्ट हाउसहरुको डाटा इन्ट्री सिस्टम मजबुत छैन । कमजोर ढंगले तथ्यांक राखिने हुनाले आरोपितहरुले होटललाई अपराधको सहज स्थल बनाउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप