शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

४७ अंकको गिरावटपछि नेप्सेमा झिनो सुधार, २ अर्ब ५२ करोडको कारोबार

आइतबार, १४ फागुन २०७९, १५ : २३
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । अघिल्लो साता ४७ अंकमाथिले घटेर २ हजार २२ अंकको विन्दुमा झरेको नेप्सेमा आइतबार सामान्य सुधार भएको छ । यसदिन नेप्से सूचक ४.५५ अंकले बढ्दै २ हजार २७.१९ अंकमा उक्लिएको हो । तर यता सेन्सेटिभ इन्डेक्स भने आज पनि ०.२८ अंकले ऋणात्मक हुँदै ३८४.०८ अंकमा झर्न पुगेको छ । 

आज बैंकिङ, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक धनात्मक भएका छन् । 

यद्यपि, अघिल्लो हप्ता राष्ट्र बैंकको नीतिका कारण तीव्र गिरावटमा रहेको माइक्रोफाइनान्स समूहको उपसूचक समेत यस साताको पहिलो दिन नै २.७८ प्रतिशतले वृद्धि हुन पुगेको छ । 

४.५५ अंकले नेप्से बढेको यसदिन २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ माथिको ६५ लाख १५ ८५२ कित्ता सेयर किनबेच भएको छ ।  आज सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९४ प्रतिशतले बढेको छ भने सिटिजन्स् म्युचुअल फन्डको मूल्य ७.८५ प्रतिशतले घट्न पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप