बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश सदर

सोमबार, १५ फागुन २०७९, १७ : ५१
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतले सोमबार २० लाख धरौटीमा रिहा गर्ने आदेश मिलेको भन्दै त्यसलाई सदर गरेको हो । 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले यात्रा प्रतिबन्धनको विषयमाचाहिँ आदेश नमिलेको भन्दै क्रिकेट खेल्न विदेश जान दिने आदेश दिएको छ । यद्यपि विदेशबाट फर्किएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौँलाई जानकारी भने गराउनुपर्ने आदेशमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप