पीएनजीमाथि नेपालको सहज जित
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ ।
सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाउँदै २०७ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका उनले ५ चौका प्रहार गरे ।
त्यस्तै आरिफ शेखले रन बनाउँदा आसिफ शेखले ४४ रनको योगदान गरे । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १७ र कुशल मल्लले १२ रन बनाए ।
बलिङतर्फ पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तै नोरमान भानुवा र सेसे बाउले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो ।
पीएनजीका लागि काड सोपारले अविजित ३६ रन बनाए । त्यस्तै कप्तान असद भाला ३६ रन बनाउँदा सेसे बाउ पनि ३१ रनमा आउट भए ।
पीएनजीका किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाए ।
नेपालका लागि गुलशन झाले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिँदा करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान एक÷एक विकेट रह्यो ।
जितसँगै नेपालले २९ खेलमा २८ अंक जोडेको छ । यो जितले नेपालको एकदिवसीय मान्यता जोगाउन झनै सहज हुनेछ । अब नेपालले एकदिवसीय मान्यता जोगाउन चार खेल जित्नु पर्नेछ भने विश्वकप छनोटमा पुग्न ६ खेल जित्नु पर्नेछ ।
पराजित पीएनजीको २९ खेलबाट ५ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण