सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालक सहभागी
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सोमबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालकहरू सहभागी भएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले 'सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्न चेतनामूलक कार्यक्रम गरिएको' बताए ।
ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने सडकमै चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए ।
सोमबार गरिएको कार्यक्रममा नयाँबसपार्क क्षेत्रमा १५० जना, बौद्धमा ११९ जना, नागढुङ्गामा ९२ जना, न्युरोडमा ७० जना, सुकेधारामा ६० जना, सोह्रखुट्टे र स्वयम्भूमा ५०र५० जना, कपनमा ३० जना, बुढानिलकण्ठमा २५ जना, कीर्तिपुरमा २२, काँडाघारीमा ९ जना, थानकोटमा ३ जना र भैंसेपाटी क्षेत्रमा २ जना गरी काठमाडौँ उपत्यकामा ६८२ जना चालकहरूलाई ट्राफिक नियम र सडक सुरक्षाका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो । यस्तै तीव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण