आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालक सहभागी

मङ्गलबार, १६ फागुन २०७९, १६ : २७
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सोमबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालकहरू सहभागी भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले 'सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्न चेतनामूलक कार्यक्रम गरिएको' बताए । 

ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने सडकमै चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए ।

सोमबार गरिएको कार्यक्रममा नयाँबसपार्क क्षेत्रमा १५० जना, बौद्धमा ११९ जना, नागढुङ्गामा ९२ जना, न्युरोडमा ७० जना, सुकेधारामा ६० जना, सोह्रखुट्टे र स्वयम्भूमा ५०र५० जना, कपनमा ३० जना, बुढानिलकण्ठमा २५ जना,  कीर्तिपुरमा २२, काँडाघारीमा ९ जना, थानकोटमा ३ जना र भैंसेपाटी क्षेत्रमा २ जना गरी काठमाडौँ उपत्यकामा ६८२ जना चालकहरूलाई ट्राफिक नियम र सडक सुरक्षाका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने  धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो । यस्तै तीव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप