सात सहसचिवको जिम्मेवारी हेरफेर
मङ्गलबार, १६ फागुन २०७९, १६ : २७
काठमाडौं । गृह मन्त्रालयअन्तर्गत कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। जसअनुसार सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।
यसैगरी रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दिया, बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
अधिकारी केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमा सरुवा भएर आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन