ढाका टोपी लगाइदिएर ऊर्जा मन्त्रालयबाट कर्मचारीले बिदा गरे लिङ्देन र सिंहलाई
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कर्मचारीले निवर्तमान मन्त्री राजेन्द्र लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बिदाइ गरेका छन् ।
मन्त्रालयमा मंगलबार गरिएको बिदाइ कार्यक्रममा सचिवलगायतका कर्मचारीले लिङ्देन र सिंहलाई ढाका टोपीलगायतले सम्मान गर्दै बिदाइ गरेका हुन् ।
सो अवसरमा बोल्दै पूर्वमन्त्री लिङ्देन र पूर्व राज्यमन्त्री सिंहले झण्डै २ महिनाको अवधिमा कर्मचारीले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।
उनले भने, 'केही गर्नुपर्छ भनेर हामी मन्त्रालयमा आएका थियौ, जतिदिन मन्त्रालयमा बसियो त्यतिदिन सबै कर्मचारीसँग पारिवारिक सम्बन्धको रूपमा काम गर्न पाउँदा खुसी लागेको छ । मन्त्रालयका सचिव तथा कर्मचारीबाट काम गर्ने सन्दर्भमा पूर्ण रूपमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दछु । मन्त्रालयबाट मन्त्री तथा राज्यमन्त्रीको रूपमा हामी कुनै दाग नलगाईकन बाहिरिएका छौँ यसका लागि कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्दछौँ ।’
गत फागुन १३ गते राप्रपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही दिन राप्रपाका ३ मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर सामूहिक राजीनामा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण