शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ढाका टोपी लगाइदिएर ऊर्जा मन्त्रालयबाट कर्मचारीले बिदा गरे लिङ्देन र सिंहलाई

मङ्गलबार, १६ फागुन २०७९, १८ : २८
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कर्मचारीले निवर्तमान मन्त्री राजेन्द्र लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बिदाइ गरेका छन् । 

मन्त्रालयमा मंगलबार गरिएको बिदाइ कार्यक्रममा सचिवलगायतका कर्मचारीले लिङ्देन र सिंहलाई ढाका टोपीलगायतले सम्मान गर्दै बिदाइ गरेका हुन् ।  

सो अवसरमा बोल्दै पूर्वमन्त्री लिङ्देन र पूर्व राज्यमन्त्री सिंहले झण्डै २ महिनाको अवधिमा कर्मचारीले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । 

उनले भने, 'केही गर्नुपर्छ भनेर हामी मन्त्रालयमा आएका थियौ, जतिदिन मन्त्रालयमा बसियो त्यतिदिन सबै कर्मचारीसँग पारिवारिक सम्बन्धको रूपमा काम गर्न पाउँदा खुसी लागेको छ । मन्त्रालयका सचिव तथा कर्मचारीबाट काम गर्ने सन्दर्भमा पूर्ण रूपमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दछु । मन्त्रालयबाट मन्त्री तथा राज्यमन्त्रीको रूपमा हामी कुनै दाग नलगाईकन बाहिरिएका छौँ यसका लागि कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्दछौँ ।’  

गत फागुन १३ गते राप्रपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही दिन राप्रपाका ३ मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर सामूहिक राजीनामा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप