दश दिनपछि सुनको मूल्य बढ्यो, चाँदीको भाउ पनि उकालो
काठमाडौँ । नेपाली बजारमा १० दिनपछि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले फागुन ७ गतेयता सुनको मूल्य बढेको जानकारी दिएको हो । ७ गतेयता बजारमा सुनको मूल्य निरन्तर घटिरहेको थियो ।
उक्त मितिमा नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँ थियो । जबकि, हिजो मंगलबारसम्मको अवधिमा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा आइपुगेको थियो ।
आज बुधबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यससँगै, सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । आज १० दिनपछि बल्ल सुनको मूल्य बढेको हो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार २७० रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण