१३९ जना इन्स्पेक्टरको काज सरुवा
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरूको काज सरुवा गरेको छ । मङ्गलवारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकलाई काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले काजमार्फत १० महिना अवधि पुरा भएका इन्स्पेक्टहरुलाई पनि सरुवा गरेको छ । प्रहरी प्रभाग कपनमा स्मृति सिलवाल, इलाका प्रहरी कार्यालय खजुरी धनुषामा राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा पञ्चलाल गोलेलाई सरुवा गरिएको छ ।
इन्स्पेक्टर फुलमाया घिसिङलाई प्र्रहरी प्रभाग साँखुमा सरुवा गरिएको छ । प्रहरी प्रभाग कोटेश्वरमा विनोद सुवेदी, प्रहरी प्रभाग बाँडे गाउँमा नकुल राज गौतम, इप्रका मेलम्चीमा नवराज सापकोटा, इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा बबिन्द्र नेम्बाङ्ग र जिल्ला ट्राफिक कार्यालय वीरगन्जमा मणिराम थापालाई सरुवा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहामा मीन बहादुर बस्नेतलाई सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा शेखरजंग मल्ल र प्रहरी प्रभाग सानेपा ललितपुरमा सचिता थापा मगरलाई काज सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण