जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
सारांश
- विशेष अदालतले बाँके मालपोतका तत्कालीन प्रमुखसहित चार जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनाएको छ ।
- मृतक सुर्ता कुर्मीको नाममा रहेको जग्गा गैरकानूनी रूपमा नामसारी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई दोषी मानेको हो ।
- हिनामिना गरिएको जग्गा नेपाल सरकारको नाममा कायम गर्न अदालतले आदेश दिएको छ भने तीन जनाले सफाइ पाएका छन् ।
काठमाडौँ । विशेष अदालतले बाँकेस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित चार जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
मृतक सुर्ता कुर्मीको नाममा रहेको जग्गा गैरकानूनी रूपमा नामसारी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।
मंगलबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मालपोत अधिकृत ऋषिराम के.सी., नायब सुब्बा ताराप्रसाद खनाल, भूमाफियाको रूपमा आरोपित लिलावती कैराती र विरेन्द्र कुमार कुर्मीलाई दोषी ठहर गरेको हो । दोषी ठहरिएका चारै जनालाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
हिनामिना गरिएको मृतक सुर्ता कुर्मीको नामको जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्न अदालतले आदेश दिएको छ।
सोही मुद्दामा आरोपित अशोक कुमार भट्टराई, कर्णबहादुर पुन र मानबहादुर बोगटीले भने सफाइ पाएका छन्। उनीहरूको विरुद्धमा कसूर पुष्टि हुने पर्याप्त आधार नदेखिएको अदालतको ठहर छ ।
मृतक सुर्ता कुर्मीको नाममा रहेको जग्गाको 'अपुताली हक' (उत्तराधिकार) लिलावती कैरातीले आफूमा रहेको भनी दाबी गरेकी थिइन्।
तर, सो विषयमा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्दा चल्दा लिलावतीको दाबी नपुग्ने फैसला भइसकेको थियो। अदालतको उक्त फैसलालाई बेवास्ता गर्दै मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख ऋषिराम के.सी. र ना.सु. ताराप्रसाद खनालले गलत स्थलगत सर्जमिन मुचुल्का र निर्णय तयार पारी जग्गा नामसारी गरिदिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण