गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
सारांश
- काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई पुनः फिल्डमा परिचालन गरेको छ।
- गणेश नेपालीको मृत्यु प्रकरणपछि सुरक्षा चुनौती रहेको भन्दै फिल्डमा खटिन नसकेको नगर प्रहरी सहर अस्तव्यस्त भएपछि पुनः खटिएको हो।
- नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले नगरवासीको सेवा र सहरी सुव्यवस्था कायम गर्न आफूहरू कटिबद्ध रहेको बताएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई पुनः फिल्डमा परिचालन गरेको छ। नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले नगर प्रहरीले मंगलबारदेखि आफ्नो ड्युटी सुरु गर्न थालेको बताए।
महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनकाे उपचारका क्रममा मृत्यु भएको थियो । नेपालीको मृत्युपछि सडकमा सुरक्षा चुनौती रहेको भन्दै नगर प्रहरी फिल्डमा खटिएका थिएनन्।
अव्यवस्थित पार्किङसँगै फुटपाथमा व्यापार गर्नेलगायतको समस्याले महानगर क्षेत्र अस्तव्यस्त बनेको भन्ने गुनासो बढेपछि महानगर प्रहरी पुनः सडकमा खटिएका हुन् ।
‘रिर्जभ फोर्स बाहेकका नगरप्रहरीलाई हामीले नियमित रूपमा ड्युटीमा खटाएका छौँ,’ उनले भने, ‘नहुनु पर्ने अप्रिय घटना भयो । हामी त्यसप्रति स्तब्ध छौँ । हामी मृतकप्रति हार्दिक श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गर्छौँ । यद्यपि महानगरवासीको सेवामा खट्नुपर्ने हाम्रो दायित्व हो। स्थानीय र आममहानगरवासीको भावनाको कदर गर्दै सहरी सुव्यवस्था कायम गर्न हामी कटिबद्ध भएर लाग्छौँ । हामी हाम्रो दायित्वबाटपछि हट्दैनाैँ। हामीले अहिले नियमित रूपमा महानगरप्रहरीलाई फिल्डमा परिचालन गरिसकेका छौँ।’
महानगर प्रहरी बलका प्रमुख जोशीले बर्खासँगै बाढी, डुबानलगायतका विपद्को जोखिम बढ्न सक्ने भएकाले नगरप्रहरीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। अहिले न्युरोडलगायतका क्षेत्रमा नगरप्रहरी नियमित ड्युटीमा रहेको पनि उनले उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण