नेप्सेमा २४ अंकको गिरावट, परिसूचक १९ सय अंकको बिन्दुमा
काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेर १९९५ अंकमा आएर रोकिएको हो ।
नेप्से परिसूचक दोहोरो अंकले घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा ३७ लाख २९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय अंकको बिन्दुतर्फ आएपनि आदर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् ।
आज यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३ रुपैयाँ पुगेको छ । आज एकै दिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५१ रुपैयाँले बढेको हो । यस्तै, आज बोटलर्स नेपाल तराईको सेयर मूल्य ९.६१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर कित्तामा १३३५ रुपैयाँले घट्दै १२ हजार ५६४ रुपैयाँ कायम भएको छ ।
आज नेप्सेमा अप्पर तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको सेयर आज मात्रै ८ करोड ७२ लाख रुपैयाँको किनबेच भएको हो । यसपछि शिवम सिमेन्टको सेयर ८ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ ।
परिसूचक दोहोरो अंकले घट्दा सबै समूहका सूचक घटेका छन् । कारोबार भएका १३ वटै सूचक घट्दा सबैभन्दा धेरै जीवन बीमा समूहको सूचकमा गिरावट आएको छ । यो समूहको सूचक १५६ अंकले र उत्पादनमूलक समूहको सूचक १११ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण