नेप्सेमा २४ अंकको गिरावट, परिसूचक १९ सय अंकको बिन्दुमा
काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेर १९९५ अंकमा आएर रोकिएको हो ।
नेप्से परिसूचक दोहोरो अंकले घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा ३७ लाख २९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय अंकको बिन्दुतर्फ आएपनि आदर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् ।
आज यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३ रुपैयाँ पुगेको छ । आज एकै दिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५१ रुपैयाँले बढेको हो । यस्तै, आज बोटलर्स नेपाल तराईको सेयर मूल्य ९.६१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर कित्तामा १३३५ रुपैयाँले घट्दै १२ हजार ५६४ रुपैयाँ कायम भएको छ ।
आज नेप्सेमा अप्पर तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको सेयर आज मात्रै ८ करोड ७२ लाख रुपैयाँको किनबेच भएको हो । यसपछि शिवम सिमेन्टको सेयर ८ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ ।
परिसूचक दोहोरो अंकले घट्दा सबै समूहका सूचक घटेका छन् । कारोबार भएका १३ वटै सूचक घट्दा सबैभन्दा धेरै जीवन बीमा समूहको सूचकमा गिरावट आएको छ । यो समूहको सूचक १५६ अंकले र उत्पादनमूलक समूहको सूचक १११ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत