बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
प्रदेश १ नामकरण

पहिचानवादीद्वारा प्रदेशसभा अगाडि विरोध प्रदर्शन

बुधबार, १७ फागुन २०७९, १७ : ५०
बुधबार, १७ फागुन २०७९

विराटनगर । प्रदेश १ को नामाकरणको विषयमा प्रदेशसभामा बहस चलिरहँदा प्रदेशसभा भवन बाहिर भने पहिचान पक्षधरहरुले धर्ना तथा प्रदर्शन गरेका छन् ।  लिम्बूवान किरात सङ्घर्ष समितिले विराटनगरको प्रदेशसभा भवन अगाडिको देवकोटा चोकमा नारा जुलुस गरेका हुन् । उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद !, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका छन् । 

धर्ना र नारा जुलुस बढेसँगै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ । नामाकरण राख्ने बैठक भने अहिले पनि चलिरहेको छ ।

pradesh11
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप