डब्लूपीएलमा हरमनप्रितले मुम्बईको नेतृत्व गर्ने
मुम्बई । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरले पहिलो महिला प्रिमियर लिगमा मुम्बई ईन्डियन्सको नेतृत्व गर्ने भएकी छन् । प्रतियोगिता मार्च ४ बाट मुम्बईमा सुरु हुँदैछ ।
मुम्बईले खरिद गरेको सबैभन्दा महँगो खेलाडीमा हरमनप्रित नपरे पनि उनले नै टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । उनको टोलीमा नाट स्काइभर ब्रन्ट, हेली म्याथ्युज र अमेलिया केरजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडी समावेश रहेका छन् ।
मुम्बईले हरमनप्रितलाई १.८ करोड भारुमा खरिद गरेको थियो भने सबैभन्दा महँगोमा स्काइभरलाई ३.२ करोड र पूजा भास्ट्राकरलाई १.९ करोड भारुमा खरिद गरेको थियो । हरमनप्रितको नेतृत्वमा भारत पछिल्ला तीन टी२० विश्वकपको नकआउटमा पुगेको छ । सन् २०२० मा अस्ट्रेलियामा भएको विश्वकपमा टोली फाइनलसम्म पुगेको थियो ।
गत महिना दक्षिण अफ्रिकामा भएको विश्वकपमा भारत च्याम्पियन बनेको अस्ट्रेलियासँग सेमिफाइनलमा ५ रनले पराजित भएको थियो । अन्तर्राष्ट्रिय टी२० मा १५० खेल खेल्ने उनी एक्लो खेलाडी (महिला पुरुष दुवैमा) हुन् । उनीपछि भारतकै रोहित शर्माले १४८ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण