तनहुँमा वनको जग्गा बन्धकीमा लिएर सामूहिक खेती
तनहुँ । म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ ।
संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ घर परिवारलाई खेती गर्न दिइएको संस्थाका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए ।
वार्षिक रु आठ लाख २५ हजार बुझाउने गरी पाँच वर्षका लागि उक्त जग्गा सम्झौता गरी लिइएको उनले बताए । अति विपन्न पाँच परिवारलाई रु ६५ हजारका पाँच पाडा खरिद गरी वितरणसमेत गरिएको स्थानीय टेकबहादुर कामीले बताए ।
वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । जग्गा प्रशस्त मात्रामा पाएपछि मकै, धान र तरकारी खेती गरेर राम्रो उत्पादन गर्दै आएको संस्थाकी सचिव देउमाया थापाले बताइन् । स्थानीय केशीमाया आलेले आफ्नो प्रशस्त जग्गा नहुँदा बिहान बेलुकाको छाक टार्न पनि धौधौ भएको अवस्थामा सामुदायिक वनले जग्गा उपलब्ध गराएर ठूलो राहत प्रदान गरेको बताइन् ।
यसवर्ष आलुखेतीबाट एक घर परिवारले ८० किलो आलु पाएको उनले बताइन् । मङ्सिरे र चैते धान गरी वर्षमा एक जनाको भागमा करिब १७ मुरी धान पाउँदा घर परिवार चलाउन सहज भएको उनले जानकारी दिइन् ।
स्थानीय राममाया विक र कलावती परियारले पनि आफ्नो जग्गा नहुँदा परिवार पाल्न कठिनाइ हुँदै आएकामा अहिले जग्गा पाएपछि खेती गरेर परिवार पाल्न सजिलो भएको बताइन् । उक्त सामुदायिक वनले समाजमा उदाहरणीय कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण