सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सौर्य मण्डलभन्दा पनि पुरानो क्षुद्र ग्रहमा भेटियो ‘जीवन’

बिहीबार, १८ फागुन २०७९, १४ : ४४
बिहीबार, १८ फागुन २०७९

पृथ्वी र मंगलबीच सूर्यको चक्कर लगाउने क्षुद्र ग्रह रियुगूमा जीवन पैदा गर्ने तत्त्व भेटिएको छ । यो क्षुद्र ग्रह सौय मण्डलभन्दा पनि पुरानो छ । अर्थात्, सौर्य मण्डल बन्नु अगावै यो बनिसकेको थियो । जापानको हायाबुसा टु स्पेसक्राफ्टले सन् २०२० मा यो क्षुद्र ग्रहबाट माटोको पाँच ग्राम स्याम्पल लिएको थियो । त्यसपछि यो धर्तीमा फर्किएको थियो ।

जब यो माटोको अनुसन्धान गरियो तब त्यसभित्र जीवन जन्माउने तत्त्व भेटियो । यसको माटोमा कार्बनबाहेक १५ भिन्न भिन्न प्रकारका एमिनो एसिड भेटियो । जुन जीवनको उत्पत्तिका लागि महत्त्वपूर्ण छ । यो तत्त्व हाल जीवित छैन । तर यसले जीवन भने उत्पादन गर्न सक्छ । त्यसैले वैज्ञानिक यो एमिनो एसिडको प्रिबायोटिक गरिरहेका छन् । यो शोध हालै साइन्स जर्नलमा प्रकाशित भएको हो

जीवन दिने यी तत्त्व भएका क्षुद्र ग्रहमा जीवित रहने सम्भावना छ कि छैन भनेर पुष्टि भने हुन सकेको छैन । तर प्रिबायोटिक तत्त्व भेटिएपछि खराब वातावरणमा पनि जीवन हुर्कने सम्भावना रहेको प्रमाण भने भेटिएको छ । खराब वातावरण अर्थात् बढी सौर्य लहर, गर्मी, अल्ट्राभोयलेट रेडिएसन साथै तीव्र भ्याक्युमजस्तो स्थिति ।

asteroid1क्यूशू युनिभर्सिटीका प्रमुख शोधकर्ता हिरोशी नाराओकाले रियुगूको माटो जीवनको तत्त्वलाई जोगाउन सक्षम भएको पत्ता लाग्ने बताएका छन् । यसको अर्थ यो हो कि क्षुद्र ग्रह पूरा शौर्य मण्डलमा जीवन फैलाउन मद्दत गर्न सक्छ वा यसले फैलाएको होला । यसको अर्थ यो पनि हुनसक्छ कि धर्तीमा पनि कुनै क्षुद्रग्रहमार्फत् नै जीवन आएको होला ।

यो क्षुद्र ग्रह प्रिमोर्डियल क्लाउडको समयका बनेको थियो जब इन्टरस्टेलर धुलो घुमिरहेको थियो । यसको अर्थ यो हो कि जीवनको उत्पत्तिका लागि आवश्यक तत्त्व सौर्य मण्डल बन्नु अघि नै बनेको थियो । रियुगू एक कार्बनयुक्त क्षुद्र ग्रह हो । अर्थात् सौर्य मण्डलमा भएका ७५ प्रतिशत क्षुद्र ग्रह जस्तै जुन कार्बनले बनेको छ ।

asteroid2यो क्षुद्र ग्रहको उत्पत्तिको समय ४५० करोड वर्ष अघि भएको मानिएको छ । अर्थात्, यहाँ भएको जीवनको तत्त्व त्यति पुरानो हुनसक्छ । जापानी स्पेस एजेन्सीसँग नासाले रियुगूको नमुना मागेको थियो । उसले ५ ग्रामको १० प्रतिशत नमुना पाएको थियो । यस्तै अनुसन्धान युरोपमा पनि भइरहेको छ । अर्को एउटा इन्टरनेशनल टिम ३० माइक्रोग्राम स्याम्पल लिएर यसको अनुसन्धान गरिरहेको छ ताकि माटोमा भएको सल्वेन्ट्स र अर्ग्यानिक तत्त्वको अनुसन्धान गर्न सकियोस् । 

रियुगुको माटोमा कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, सल्फर र १५ एमिनो एसिड पाइयो । यसबाहेक नाइट्रोजनयुक्त एमिन्स र कार्बोजिलिक एसिड पनि भेटिएको छ । जुन कार्बन, हाइड्रोजन र अक्सिजनको मिश्रणबाट बन्ने गर्छन् । तर शोधकर्ताले रियुगुको माटोमा सुगर वा न्युक्लियोबेसेस भेटेका छैनन् जसबाट डिएनए र आरएनएको निर्माण हुन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप