काठमाडौँ महानगरले माइतीघरमा धर्ना बस्न नदिने
काठमाडौँ । लाेकतन्त्रलाई न्याय चाहियो भन्दै जुम्लाका नन्दराज उपाध्याय माइतीघरमा धर्नामा बसिरहेका छन्। फागुन १२ गतेदेखि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बस्दै आएका छन्।
दिनहुँ जसो आज पनि धर्ना, आन्दोलन गर्न पाउने ठाउँनेर उनीलगायत अन्य अभियन्ताहरू पनि बसिरहेका थिए। तर आज भने काठमाडौँ महानगरको नगर प्रहरीले उनीहरू बसेकाे ठाउँबाट हटाउन खाेज्याे। त्यही क्रममा महानगर प्रहरी र धर्नाकारीहरूबीच केही बेर धकेलाधकेलसमेत भयाे। पछि नजिकै रहेका प्रहरीकाे सहयाेगमा उनीहरू पुनः त्यही ठाउँमा बस्न सफल भए।
धर्नामा बसिरहेका उपाध्यायले नगरप्रहरीले दु:ख दिने काम गरेकाे बताए । ´राज्यले नै आन्दोलन गर्न पाउने भनेर ताेकिएकाे ठाउँमा हामीहरू बसेका थियौँ । महानगर आएर हटाउन खाेज्यो, उनले भने। महानगरकाे सार्वजनिक क्षेत्रमा सवारीसाधनमा अवराेध हुनेगरि धर्नामा बस्न नपाउने महानगरले जनाएको छ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले पुरै बाटाे कब्जा गरेर बसिरहेकाहरूलाई साइडमा गएर बस्न भनिएकाे बताए। ‘४ जना पुरै बाटाे छेकेर बस्न त मिल्दै न नि। उनीहरूकाे आन्दाेलन गर्ने अधिकार हाे । तर आधिकार प्रयाेग गर्न खाेज्दा अर्काकाे अधिकार पनि खाेस्नु भएन,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण