बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

साताको सेयर बजार : ५३ अंकले नेप्से घट्दा ७ अर्बको कारोबार

शुक्रबार, १९ फागुन २०७९, १६ : ५८
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । यो साता पनि सेयर बजारका लागि अनुकूल वातावरण बन्न सकेन । अघिल्लो साता ४७ अंकमाथिले नेप्से घटेर २०२२.६४ अंकको विन्दुमा नेप्से झर्दैगर्दा यो साता थप ५३.६१ अंकले घट्दै १९६९.०३ विन्दुमा झर्न पुगेको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन फेब्रुअरी २३ मा ५७.७४ अंकले नेप्से घट्दै २०२२.६४ अंकमा झरेको थियो । यसको तीन दिन पनि फेब्रुअरी २७ मा खुलेको बजारमा ४.५५ अंकले नेप्से बढ्दै २०२७.१९ अंकको विन्दुमा उक्लिएको थियो । 

तर, दोस्रो दिन (फेब्रुअरी २८) मा नै पुनः ३.६५ अंकले घट्न पुगेको नेप्से सूचक तेस्रो, चौथो र पाँचौ दिनै ऋणात्मक हुँदै १९६९.०३ अंकमा झरेको छ । यस साताको अन्तिम कारोबार दिन बिहीबार (मार्च २) मा २६.४७ अंकले घट्दै नेप्से सूचक १९६९.०३ अंकमा झरेको हो । 

कारोबार पनि ७ अर्बमा खुम्चियो

उसो त ५३ अंकमाथिले नेप्से सुचक घट्दै गर्दा यस साताको कारोबार समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कुल ७ अर्ब ११ करोड ७ लाख ३७ हजार ४१० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

अघिल्लो साता ४७ अंकले नेप्से घट्दा ६ अर्ब २८ करोड ८५ लाख ६६ हजार ३९० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यद्यपि, अघिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको थियो । यस साता भने पाँचै दिन सेयर कारोबार भएको छ ।

nepsethisweek

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप