साताको सेयर बजार : ५३ अंकले नेप्से घट्दा ७ अर्बको कारोबार
काठमाडौँ । यो साता पनि सेयर बजारका लागि अनुकूल वातावरण बन्न सकेन । अघिल्लो साता ४७ अंकमाथिले नेप्से घटेर २०२२.६४ अंकको विन्दुमा नेप्से झर्दैगर्दा यो साता थप ५३.६१ अंकले घट्दै १९६९.०३ विन्दुमा झर्न पुगेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन फेब्रुअरी २३ मा ५७.७४ अंकले नेप्से घट्दै २०२२.६४ अंकमा झरेको थियो । यसको तीन दिन पनि फेब्रुअरी २७ मा खुलेको बजारमा ४.५५ अंकले नेप्से बढ्दै २०२७.१९ अंकको विन्दुमा उक्लिएको थियो ।
तर, दोस्रो दिन (फेब्रुअरी २८) मा नै पुनः ३.६५ अंकले घट्न पुगेको नेप्से सूचक तेस्रो, चौथो र पाँचौ दिनै ऋणात्मक हुँदै १९६९.०३ अंकमा झरेको छ । यस साताको अन्तिम कारोबार दिन बिहीबार (मार्च २) मा २६.४७ अंकले घट्दै नेप्से सूचक १९६९.०३ अंकमा झरेको हो ।
कारोबार पनि ७ अर्बमा खुम्चियो
उसो त ५३ अंकमाथिले नेप्से सुचक घट्दै गर्दा यस साताको कारोबार समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कुल ७ अर्ब ११ करोड ७ लाख ३७ हजार ४१० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो साता ४७ अंकले नेप्से घट्दा ६ अर्ब २८ करोड ८५ लाख ६६ हजार ३९० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यद्यपि, अघिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको थियो । यस साता भने पाँचै दिन सेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण