दुर्गा प्रसाईको कार्यक्रम सफल पार्न कमल थापाले गरे आग्रह
शुक्रबार, १९ फागुन २०७९, १७ : २६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुर्गा प्रशाईले शनिबार काठमाडौंमा गर्न लागेको कार्यक्रम सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार ट्वीटरमार्फत उनले सो आग्रह गरेका हुन् ।
थापाले ट्वीटरमा भनेका छन्– ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ । फागुन २० गते काठमाडौँको बानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’
मेडिकल व्यवसायी समेत रहेका प्रसाईले शनिवार काठमाडौंमा कार्यक्रम गर्ने तयारी गरेका छन् । सो कार्यक्रमको थापाले खुलेर समर्थन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण