सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
बाटो काट्नै सकस
फोटोफिचर

बाटो काट्नै सकस

शनिबार, २० फागुन २०७९

काठमाडौँ । कलङ्कीदेखि कोटेश्वरसम्म ८ लेनको सडक बनेको छ । सवारी चालकलाई पहिलाभन्दा अवस्था निकै सहज भइसकेको छ तर पैदलयात्रुका लागि भने ज्यान हत्केलामा राख्नुपर्ने अवस्था छ ।

सडकमा पैदलयात्रुलाई सहज हुने तरिकाले न त जेब्रा क्रसिङ बनाइएको छ न त आकाशे पुल नै । पुरै चक्रपथ परिक्रमा गर्ने हो भने चाबहिल चोक, जय बागेश्वरी, कोटेश्वर, बालकुमारी, ग्वार्को, एकान्तकुना, सानेपा बाहेक अन्त कतै आकाशे पुल छैन ।

अझ कलङ्कीको स्युचाटार पुलबाट स्वयम्भू हुँदै एअरपोर्टबाट कोटेश्वर नपुग्दासम्म सडकपेटी कुन चराको नाम हो भन्ने जस्तो छ । ठाउँ ठाउँमा जेब्रा क्रस नहुँदा मानिसहरू व्यस्त सडककै बीचबाट हातको इशाराले सडक पार गर्न बाध्य छन् भने कतिपय स्थानमा फुटपाथ समेत नहुँदा सडक किनारबाटै हिँड्नपर्छ । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया