साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
सारांश
- यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।
- पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३:०० बजेदेखि खोलिएको छ र बेलुका ८:०० बजेसम्म भक्तजनका लागि खुला रहनेछन्।
- लाखौँ श्रद्धालु भक्तजनलाई सहज र मर्यादित वातावरणमा दर्शन र पूजा गराउने गरी तयारी गरिएको छ।
काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।
बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिएका छन्। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका छन्।
_aO0ga3m6Nn.jpg)
पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको व्यवस्था मिलाइएको छ। पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको सदस्य सचिव श्रेष्ठले स्वीकार गरेका छन्।
_eI2LNrDhx8.jpg)
दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ-संस्थाको विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ। लाखौँ श्रद्धालु भक्तजनलाई सहज र मर्यादित वातावरणमा दर्शन र पूजा गराउने गरी तयारी गरिएको छ।
_WCZgu7RCwa.jpg)
बिहान ३:०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८:०० बजेसम्म भक्तजनका लागि खुला रहनेछन्। विशेष पूजा भने बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुनेछ। मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लाम भने धेरै लामो नभएको कोषले जनाएको छ।
_EEmCKNWVwU.jpg)
पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत साना-ठूला सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ। यसैगरी देशभरका विभिन्न शिवालयहरूमा पनि भक्तजन पूजा-आराधना र दर्शनका लागि पुगेका छन्।
_5sDNHPm8IE.jpg)
_CtfuY3ttHm.jpg)
_EbbUsEy4tm.jpg)
_lqMzLHiJak.jpg)
_xeuft9Mkol.jpg)
_Vr4B8H62zg.jpg)
_2wmSeLpqnM.jpg)
_feZqhesOur.jpg)
_qV1wAfqjGh.jpg)
_pzASKAKHiV.jpg)
_cXjwU8YxAs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण