सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

चक्रपथ विस्तारको चार वर्ष : कछुवा गतिमा छ आकाशे पुल निर्माण

जेब्रा क्रसिङसमेत नहुँदा पैदल यात्रुलाई सास्ती
बुधबार, १७ फागुन २०७९, ०८ : ५३
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । कोटेश्वरदेखि कलंकीसम्म ८ लेनको सडक विस्तार भएको चार वर्ष भइसकेको छ । तर, अझै पनि सडकमा आकाशे पुल, जेब्रा क्रसिङ बनाउन नसक्दा दुर्घटनाको जोखिम बढेको छ । 

यस सडक खण्ड निर्माण हुँदा देखि नै त्रुटि नै त्रुटि भएकाले चालक र सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

२०७५ माघमा चीन सरकारले सो सडक निर्माण सम्पन्नगरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सोही वर्षदेखि नै सरकारले दुवैतर्फ एक–एक लेनको सर्भिस ट्रयाक र आकाशे पुलको निर्माण सुरु गरेको थियो । तर, आवश्यकता अनुसारको ठाउँ ठउँमा आकाशे पुलनिर्माण गर्न नसक्दा पैदल यात्रुले सास्ती खेप्नु परेको यात्रुहरु बताउँछन् ।  

आकाशेपुल र जेब्राक्रसिङ नहुँदा पैदलयात्रुले जहाँ पायो,त्यही बाटो काट्दा दुर्घटनाको जोखिम बढेको सात दोबाटोमा भेटिएका मोटरसाइकल चालक सिर्जन ओझा बताउँछन् । 

‘पैदल यात्रुहरुका लागि बाटो काट्ने व्यवस्था नहुँदा अस्तिभर्खर मात्र मेरो छोरा यो ठाउँमा दुर्घटना पर्यो,’ ग्वार्कोका स्थानीय गंगा खड्का भन्छिन्, ‘हिजो मात्रदूधको गाडीले हाम्रै अगाडि मान्छे हान्यो । यात्रुले बाटो सही ठाउँमा काट्नु पर्यो तर सडक विभागलेठाउँ ठाउँमा जेब्राक्रसिङ त बनाउनु पर्यो नि ।’

‘अहिले पनि हेर्नुस्, तपाईंहरुकै अगाडि यतिकै बाटो काटिरहेका छन्,’उनले बाटो काट्दै गरेका यात्रुलाई देखाउँदै भने, ‘सरकारले आकाशे पुल, जेब्राक्रसिङ मात्र बनाएर हुँदैन, यात्रुको पनि चेतना खुल्नुपर्छ ।’

बालकुमारीका स्थानीय रेवन रायमाझीले भने, ‘सरकारले यस सडक खण्डमा पैदलयात्रुको सुरक्षा र सवारीको साधनको सुरक्षामा त्यति ध्यान दिएको पाइएको छैन । मुख्य चोकबाट पैदल यात्रुले बाटो काट्नुपर्ने हो तर जथाभावी बाटो काट्ने क्रम बढ्दो छ ।’ 

पेट्रोल पमले गर्दा बालकुमारी चोकमा आकाशे पुल नबनाएको आफूहरुले सुनेको रायमाझीले बताए । बस जुन ठाउँमा रोकियो, त्यही ठाउँबाट बाटो काट्न खोज्छन् । सबैलाई हतार हुन्छ । उनले अगाडि भने, ‘रिङरोड भनेको छ । तर, न साइकल लेन छ, न बाटो काट्न पैदल यात्रुका लागि आकाशे पुल नै छ । अहिले पैदलयात्रु मात्रै होइन, चालकले समेत एकदम असुरक्षित यात्रा गर्नुपरेको छ ।’

‘पैदल यात्रुहरुका लागि बाटो काट्ने व्यवस्था नहुँदा अस्तिभर्खर मात्र मेरो छोरा यो ठाउँमा दुर्घटना पर्यो,’ ग्वार्कोका स्थानीय गंगा खड्का भन्छिन्, ‘हिजो मात्रदूधको गाडीले हाम्रै अगाडि मान्छे हान्यो । यात्रुले बाटो सही ठाउँमा काट्नु पर्यो तर सडक विभागलेठाउँ ठाउँमा जेब्राक्रसिङ त बनाउनु पर्यो नि ।’

६ वटा आकाशे पुलनिर्माण सकिदै
चालु आर्थिक वर्षमातीन वटा आकाशे पुलनिर्माण सक्नुपर्ने भएकाले त्यही अनुसारको काम भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले बताइन् । 

उनका अनुसार चक्रपथको यस सडक खण्डमा बल्खु, सानेपा, महालक्ष्मीथान, ठसिखेललगायत ६ वटा स्थानमा आकाशे पुल निर्माणको काम भइरहेको छ ।एकान्तकुनालगायत अन्य स्थानमा आकाशे पुल बनाउनका लागि डिजाइनको प्रक्रियामा छ ।

त्यसो तआकाशे पुललामो भएकाले पनि बनिसकेको स्थानमा सर्वसाधारणले प्रयोग कम गरेको हुन सक्ने म्यानेजर अधिकारीले बताइन् । 

कहाँ पुग्यो फ्लाई ओभर अण्डरपास बनाउने योजना ?
चालु आर्थिक वर्षमासरकारले बजेट भाषणमा ग्वार्काे, सातदोवाटो, एकान्तकुना, कोटेश्वर, नयाँ वानेश्वरलगायत स्थानमा फ्लाई ओभर, अण्डर पासनिर्माण कार्य सुरु गर्ने भनेको थियो । त्यसमध्ये अहिले ग्वार्काे चोकमामात्र फ्लाई ओभर निर्माणको काम भइरहेको छ । यो पनि सुस्त गतिमा छ ।

बाँकीको सम्भाव्यता अध्ययनसमेत सम्पन्न भइसक्दा पनि बजेट व्यवस्थापन नभएको भन्दै निर्माण सुरु हुन सकेको छैन । बजेट व्यवस्थापन नभएकै कारण बाँकी ठाउँमा फ्लाई ओभर र अण्डर पास बन्न नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए । ‘हामी छलफलको चरणमा छौं, बजेटको व्यवस्थापन भएपछि निर्माण थाल्छौं।’ उनले भने ।

ग्वार्कोमा १७ करोडमा फ्लाई ओभर 
कोटेश्वरदेखि कंलकी सडक खण्डको ग्वार्काेमा नेपालकै लगानीमा पहिलो फ्लाई ओभर निर्माण हुँदैछ ।  भ्याटसहित १७ करोड लगानीमा बन्नलागेको फ्लाई ओभरको कुल लम्बाइचार सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारी तर्फबाट दुई सय ८० मिटर लामो र्याम र सातदोबाटो तर्फबाट एक सय ७५ मिटर लम्बाइको र्याम बनाइनेछ । 

बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ। फ्लाईओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटर हुने बताइएको छ। 

सो आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्णगोपाल श्रेष्ठका अनुसार इमाडोल र मंगलबजारबाट आउने सवारी साधन पुलमुनिबाट पास हुनेछ भने चक्रपथबाट आउने सवारी साधन भने पुल माथिबाट पास हुनेछ । यही माघदेखि सुरु भएको आयोजना १४ महिनाभित्र निर्माण सकिसक्नु पर्नेछ । उनले भने, ‘बीचमा केहीअवरोध नआएअबको एक वर्षमा हामीले निर्माण सम्पन्न गर्छौ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप