प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ
आइतबार, २१ फागुन २०७९, ०८ : २५
झापा । अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटलमा डेरा गरी तीन जनालाई प्रतिबन्धित लागुऔसधसहित पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका- ९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचीनगर नगरपालिका -१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङको मिक्लाजुङ गाउँपालिका -४ बस्ने १९वर्षीयतिलु राईलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरिएको हो ।
उनीहरूको साथमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकोले निजहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको झापाका जिल्ला प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण