आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक : अध्यक्ष मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने बताएका छन् । ब्याजदर अस्थिर हुँदा ऋणीहरू मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने सुझाव दिएका हुन् ।
उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ । दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्प प्राय भएको बताए । अध्यक्ष मल्लले भने, ‘ब्याजदर १५/१६ प्रतिशत सम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको छ, ।’
बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरू मर्कामा परेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायित्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ,।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण