शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक : अध्यक्ष मल्ल

आइतबार, २१ फागुन २०७९, १६ : ३२
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने बताएका छन् । ब्याजदर अस्थिर हुँदा ऋणीहरू मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने सुझाव दिएका हुन् । 

उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ ।  दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्प प्राय भएको बताए । अध्यक्ष मल्लले भने, ‘ब्याजदर १५/१६ प्रतिशत सम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको छ, ।’

बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरू मर्कामा परेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायित्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ,।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप