जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
मङ्गलबार, २३ फागुन २०७९, १४ : २१

जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट जनकपुरमा एक जनाको मृत्यु भएको छ । जनकपुरमा मंगलबार बिहान जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत मुजेलियामा बाटो काटिरहका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको हो ।
मोटरसाइकलको ठक्करबाट सिराहा कर्जन्हा नगरपालिका ७ का ६५ वर्षीया ईश्वर देवी रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय