जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
मङ्गलबार, २३ फागुन २०७९, १४ : २१
जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट जनकपुरमा एक जनाको मृत्यु भएको छ । जनकपुरमा मंगलबार बिहान जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत मुजेलियामा बाटो काटिरहका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको हो ।
मोटरसाइकलको ठक्करबाट सिराहा कर्जन्हा नगरपालिका ७ का ६५ वर्षीया ईश्वर देवी रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण