तस्बिरमा हेर्नुहाेस् एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड वितरण
मङ्गलबार, २३ फागुन २०७९, १६ : ५७
काठमाडौँ । एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड-२०७८ वितरण गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा अवार्ड वितरण गरेको हो ।
खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्ने विभिन्न विधाका खेलाडीलाई अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् भने वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले प्राप्त गरेका छन् । यस्तै पारा एथलेट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले जित्दा पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण