प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार हुन सकेनः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार विस्तार हुन नसकेको बताएकी छन् । बुधवार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताइन् ।
उनले पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै महिलाहरुमा अझैपनि हरेक क्षेत्रमा सहजता हुन नसकेको बताइन् । उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गएपनि प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षा सम्बन्धि विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी देखिएको बताइन् ।
‘पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको छ । यस्तो समयमा महिलाहरुलाई सिमित घेरामा राख्न खोज्ने पितृसत्तात्मक चिन्तन,सामाजिक कुरिती,गरिबी,शिक्षाको पँहुचमा कमी,सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता र संरचनाको कारण महिलाहरुको जीवन जसरी सहज हुनपर्ने हो । सहज हुन सकेको छैन’, उनले भनिन्, ‘अझै पनि जटिलता देखापरिरहेको छ । सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि गर्दै पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षा सम्बन्धि विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी भएको छ । डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच बिस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी छ ।’
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि मानव अधिकारमैत्री कानून निर्माण, बालविवाह र बाल श्रम अन्त्यको लागि सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताए ।
अध्यक्ष मगरले महिला अधिकार संरक्षण र लैंगिक हिंसा अन्त्यका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण