बसुन्धराले गरिन् ४ महिला रंग पत्रकारलाई सम्मान
काठमाडौँ । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसालले ४ महिला रंग पत्रकारलाई सम्मान गरेकी छन् । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको एक कार्यक्रममा एकसाथ ४ महिला पत्रकारलाई ‘महिला चलचित्र पत्रकारिता सम्मान २०७९’ बाट समान गरिएको हो ।
सम्मानित हुनेमा जयन सुब्बा मानन्धर, बिना श्रेष्ठ, सबी कार्की खड्का र शिल्पा अधिकारी रहेका छन् । संघकी महिला उपाध्यक्ष सुरक्षा भट्टराईको संयोजकत्व रहेको कार्यक्रममा फिल्म क्षेत्रमा महिलाको विषयमा अन्तरक्रिया समेत आयोजना भएको थियो ।
कार्यक्रममा संघका समीर बलामी, महासचिव रघुनाथ सापकोटा पूर्व अध्यक्ष विदुर गिरी, शान्ति प्रिय पत्रकार विजय रत्न तुलाधर, डब्बु क्षेत्री, जीवन पराजुली, दीपज्योति थापालगायतको उपस्थिति रहेको थियो ।
चलचित्र पत्रकार संघ नेपालको हालै निर्वाचित नयाँ कार्यसमितिले गरेको यो पहिलो कार्यक्रम हो । महिला पत्रकारलाई हौसला प्रदान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको संघकी महिला उपाध्याक्ष भट्टराईले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण