लगातार तेस्रो दिन घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि निरन्तर सुनको मूल्य घटिरहेको छ । नेपाली बजारमा सुनको मूल्य आज ५०० रुपैयाँ प्रतितोलाले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ थियो ।
यस्तै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । उक्त दिन ३०० ले घटेर सुनको कारोबार सुरु भएको थियो । त्यसयता २ दिनमा गरी सुनको मूल्यमा कूल १५ सय रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, पल्लो समय चाँदीको मूल्य समेत घटिरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम छ । हिजो बुधबार यसको मूल्य तोलामा १ हजार २२५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण