थाइल्याण्ड : क्यालेन्डरमा हाँसको तस्बिरलाई राजाको अपमान मानियो, एक युवकलाई दुई वर्ष जेल
बैंकक । थाइल्याण्डमा राजतन्त्रको बारेमा अपमानजनक टिप्पणी गरेको आरोपमा एक युवकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । २६ वर्षीय नाराथोर्न चोटमान्कोङ्सिनले एउटा क्यालेन्डर बेचिरहेका थिए, जसमा शाही पोशाक लगाएको हाँसको तस्बिर थियो।
उनले देशको राजपरिवारको अपमान गरेको अभियोजनकर्ताहरुले आरोप लगाएका थिए । यसै अभियोगमा चोटमान्कोङ्सिन दोषी ठहर भएका हुन् । मंगलबार थाइल्याण्डको एक अदालतले उनलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । पछि यसलाई दुई वर्षमा परिवर्तन गरिएको थियो।
सन् २०२० यता थाइल्याण्डमा राजतन्त्रको सम्मानसँग सम्बन्धित कानून अन्तर्गत २ सय जनालाई पक्राउ गरिएको छ ।
थाइल्याण्डमा प्रजातन्त्र समर्थक प्रदर्शनको प्रतीक रबरको हाँस हो। थाइल्याण्डका प्रदर्शनकारीहरूले लोकतन्त्रको माग गर्दै प्रदर्शनका क्रममा यो प्रतीक प्रयोग गर्दै आएका छन् । सन् २०२० मा नरथोर्नले लोकतन्त्रसमर्थक फेसबुक पेजमा यी क्यालेन्डरहरू बेचिरहेका थिए । उनी सन् २०२० को डिसेम्बरमा पक्राउ परेका थिए । यस क्यालेन्डरमा विवादास्पद टिप्पणी पनि रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण