थाइल्याण्ड : क्यालेन्डरमा हाँसको तस्बिरलाई राजाको अपमान मानियो, एक युवकलाई दुई वर्ष जेल

बैंकक । थाइल्याण्डमा राजतन्त्रको बारेमा अपमानजनक टिप्पणी गरेको आरोपमा एक युवकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । २६ वर्षीय नाराथोर्न चोटमान्कोङ्सिनले एउटा क्यालेन्डर बेचिरहेका थिए, जसमा शाही पोशाक लगाएको हाँसको तस्बिर थियो।
उनले देशको राजपरिवारको अपमान गरेको अभियोजनकर्ताहरुले आरोप लगाएका थिए । यसै अभियोगमा चोटमान्कोङ्सिन दोषी ठहर भएका हुन् । मंगलबार थाइल्याण्डको एक अदालतले उनलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । पछि यसलाई दुई वर्षमा परिवर्तन गरिएको थियो।
सन् २०२० यता थाइल्याण्डमा राजतन्त्रको सम्मानसँग सम्बन्धित कानून अन्तर्गत २ सय जनालाई पक्राउ गरिएको छ ।
थाइल्याण्डमा प्रजातन्त्र समर्थक प्रदर्शनको प्रतीक रबरको हाँस हो। थाइल्याण्डका प्रदर्शनकारीहरूले लोकतन्त्रको माग गर्दै प्रदर्शनका क्रममा यो प्रतीक प्रयोग गर्दै आएका छन् । सन् २०२० मा नरथोर्नले लोकतन्त्रसमर्थक फेसबुक पेजमा यी क्यालेन्डरहरू बेचिरहेका थिए । उनी सन् २०२० को डिसेम्बरमा पक्राउ परेका थिए । यस क्यालेन्डरमा विवादास्पद टिप्पणी पनि रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी