राजधानीमा परीक्षण सकिएका नयाँ पाइपलाइनबाट खानेपानी वितरण
काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ३०० किलोमिटर नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको छ । अन्तिम परीक्षण सम्पन्न भएका क्षेत्रका उक्त पाइपलाइनबाट खानेपानी वितरण हुँदै आएको हो ।
काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भएका छन् ।
तीमध्ये अन्तिम परीक्षण सम्पन्न भएका करिव ३०० किलोमिटर पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको निर्देशनालयले जनाएको छ । अन्य क्षेत्रमा भने पुरानै पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण हुने गरेको छ ।
आयोजनाले काठमाडौं उपत्यकाका बाँकी क्षेत्रका नयाँ पाइपलाइनको पनि प्रारम्भिक र अन्तिम परीक्षण गर्ने कार्यलाई तीब्रता दिएको पनि प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै नयाँ पाइपलाइनको परीक्षण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि नयाँ पाइपलाइनबाट नियमितरूपमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको छ ।
निर्देशनालय अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरणको प्रारम्भिक परीक्षण गर्दा तेस्रो पक्षबाट क्षति भएका स्थानमा बाहेक अन्य स्थानमा चुहावट भएको नदेखिएको उनले बताए ।
‘मेलम्चीको खानेपानी वितरणका लागि विगतमा बिच्छ्याइएका तर मेलम्चीको पानी आइनसकेका कारण परीक्षण गर्न नपाइएका स्थानका नयाँ पाइपलाइनमा हाल मेलम्चीको पानी पठाई परीक्षण गर्दा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण÷मर्मत र विद्युतका केवल तथा टेलिफोनको तार भूमिगत गर्ने कार्य हुँदा क्षति पुगेका कारण चुहावट भएको पाइएको छ’, उनले भने , ‘त्यसरी तेस्रो पक्षबाट क्षति भएका पाइपलाइनको तत्कालै मर्मत गर्ने गरिएको र तेस्रो पक्षबाट क्षतिपूर्ति वापतको रकम सोधभर्ना लिने कार्य समेत अगाडि बढाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण