आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल ट्राफिक प्रहरीको नियन्त्रणमा

बिहीबार, २५ फागुन २०७९, १८ : ५८
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाहीको बलरा नगरपालिका ६ घर भएका काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिराहाको मिर्चैया नगरपालिका ४ घर भएका भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रवि कुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले  उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप