अनमोलले दर्शकसँग माफी माग्दै भने– ‘छड्के २’ मा म चुक्न पुगेँ
काठमाडौंँ । अभिनेता अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । आफ्नो फिल्म ‘छड्के २’ ले दर्शकलाई निराश बनाएको भन्दै उनले सामाजिक संजाल मार्फत माफी मागेका हुन् । दर्शकका कारण आफु अहिलेको अवस्थामा आइपुगेको बताएका उनले आफ्नो कारणले दर्शक निराश हुँदा झनै दुःखी भएको बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई थाहा छ, मैले छड्के २ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ । जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ, मैले उहाँहरुलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्मसम्म आइपुग्दा म झनै परिपक्क हुनुपथ्र्यो । तर, यहाँ म चुक्न पुगेँ । विश्वस्त हुनुस्, या समय बितेर जान्छ । घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ । म भोलि सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु, अब नवौं पछिको दशौं सिनेमा दशपछिको शून्य हटेपछि बन्ने एक अर्थात आज म शून्यमा छु र मेरो करियरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेबाट हुनेछ । जबसम्म शुभचिन्तक र दर्शकको साथ र सहयोग रहिरहनेछ । मेरो कोसिस निरन्तर जारी रहेनछ । पशुपति नाथले हामी सबैको कल्याण गर्नुहुनेछ ।’
अनमोलले आफ्नो दशौं फिल्म आफ्ना लागि पहिलो हुने समेत वाचा गरेका छन् । अनमोलले आफ्नो फिल्म ‘छड्के २’ सँग रिलिज भएको फिल्म ‘छक्का पन्जा ४’ को टिमलाई समेत बधाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण