राजनीति
उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
शुक्रबार, २६ फागुन २०७९, १७ : ४९
काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान नौ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ ।
उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो । नेम्वाङलाई हराउदै आठ दलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण