शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

शुक्रबार, २६ फागुन २०७९, १७ : ४९
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान नौ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । 

उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो । नेम्वाङलाई हराउदै आठ दलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप