पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा हुँदैन : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठुलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् ।
शनिवारबाट सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले नेपालमा ठुलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए । उनले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिए ।
सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै उनले आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए । मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौँ भन्दै प्रश्न गरे । उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताए । उनले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिए ।
सो अवसरमा मन्त्री किराँतीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरूको फोहोर टिपेर पशुपति सरसफाइमा सरिक भएका थिए । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?
-
नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण