शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपतिका लागि जनमत र जसपाको आ-आफ्नै दाबी

शनिबार, २७ फागुन २०७९, १२ : २८
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । उपराष्ट्रपतिका लागि सत्ता साझेदार दल जनता समाजवादी पार्टी र जनमत पार्टीले आआफ्नो दाबी गरेका छन् ।

जसपा र जनमतले आआफ्नो उम्मेदवार सत्ता साझेदार १० दलको साझा उम्मेदवार रहेको दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो पार्टीले उम्मेदवार बनाउने ममता झालाई सत्ता साझेदार दलले समर्थन गरेको बताएका छन् ।

जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएपछि सत्ता साझेदार दलले ममता झालाई समर्थन गरेको दाबी अध्यक्ष राउतको रहेको छ । सो पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपाले उपराष्ट्रपति पदको लागि प्रस्तावित गरेको र १० दलको बैठकले मनोनयन दर्ता गर्न अनुमोदन गरेको साझा उम्मेदवार आफ्नो पार्टीको उम्मेदवार ममता रहेकी दाबी गरे । ममता झा जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीको साझा उम्मेदवार हुन् र त्यसलाई १० दलको बैठकले अनुमोदन गरेको दाबी गरे ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपराष्ट्रपति जसपाकै भागमा परेको हुनाले उम्मेदवार कसलाई बनाउने छलफल भइरहेको छ, जनमत वा अन्य कुनै दललाई समर्थन गर्ने कुरा नभएको बताए । उनले भने, ‘उपराष्ट्रपति पद जसपाको भागमा परेको छ, आठ दलीय गठबन्धनको समर्थन पनि रहेको छ हामी उम्मेदवारको बारेमा छलफल गर्र्दैछौं ।’

जसपाको पहिलो रोजाई रामसहाय यादव नै हो, उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पनि भइसकेको छ, तर अहिले आएर केही अपव्याख्या भइरहेको छ, त्यसको विषयमा पार्टीले छलफल गर्न लागेको केही निर्णय सार्वजनिक हुने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप