दुई गजल
१
दुःख आउँदा, सुख आउँदा पहाड तराई बार्दैन
परी आए छिमेकले नि आफन्त पराइ बार्दैन ।
घाम जुन समेतले नि भोग्नु पर्ने रहेछ ग्रहण
भोक प्यास मेट्न पेटले भाँडा कराइ बार्दैन ।
नुहिएको हुन्छ हाँगाभरि फल लागेको वृक्ष
उम्रेर हुर्किने बीउले रोपाइ अनि छराइ बार्दैन ।
देउता पनि जोगी बनी आउँछ हात फिँजाइ
मनले दिए दान हातमा, उसले सराइ बार्दैन ।
दुःख आउँदा सुख आउँदा पहाड तराई बार्दैन
परी आए छिमेकले नि आफन्त पराइ बार्दैन ।
२
औँसी मेरो अँध्यारो रातमा पूर्णिमा तिमी
प्रेम, विश्वासको कसम जुनी जुनीमा तिमी ।
शंका, अविश्वासका दिनहरू अस्ताइसके
पूर्वी क्षितिजको प्रेमिल अरुणिमा तिमी ।
उजाड थियो जिन्दगी प्रेम नफुल्दा यहाँ
रुगरुगे डाँडाभरि गुराँसे लालिमा तिमी ।
रुखो खेतको गरा झैँ उजाड जिन्दगीमा
रङ्गिन फूलहरूको सुवासित महिमा तिमी ।
शून्यतामा दुखिरहन्थ्यो एक्लो यो जीवन
म ‘पारुहाङ्ग’लाई पूर्णता दिने सुम्निमा तिमी ।
इलाम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण