लागुऔषधसहित तीन जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ परेको नेपाल प्रहरीले जानकारी दिएको छ । झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल छेउबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ५ हजार ७५ रुपैयाँसहित इलाम चुलाचुली गाउँपालिका-१ बस्ने ३४ वर्षीया मञ्जु चापागाईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुल र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-०१३ प १९७३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यता कञ्चनपुरको बेलौरी नगरपालिका-५ बन्तरीयाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ४१ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २३ वर्षीय विवेक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मैनाहाबाट भकुण्डातर्फ जाँदै गरेको सु.प.प्र.०१-०११ प ५००४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै धादिङको गल्छी गाउँपालिका-४ मासटारबाट अवैध लागुऔषध गाँजा करिब १० किलोग्रामसहित गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ३४ वर्षीय बीर बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण