नेपाली सेनाद्वारा १९ लाखको सङ्ग्रहालय भवन हस्तान्तरण
विराटनगर । नेपाली सेनाको भैरव गणले ऐतिहासिक सम्पदालाई संरक्षण, सम्वर्द्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ प्राचीन विराट राजा दरबार सङ्ग्रहालयको भवन निर्माण गरेर विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त भवन २०७९ कार्तिक २१ गतेबाट सुरु भएर चार महिनामै निर्माण सम्पन्न भएको हो ।
भवन निर्माणका लागि १९ लाख ७५ हजार ६६३ रुपैयाँमा नवदुर्गा सप्लार्यले सामान खरिद गर्ने सम्झौता गरेको थियो भने निर्माणको काम नेपाली सेना आफैँले गरेको हो । भवन हस्तान्तरण कार्यक्रममा मोरङ क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेश सांसद अमृत अर्याल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला विशिष्ट अतिथि तथा उपप्रमुख शिल्पा निराला कार्की, उपरथी आशबहादुर तामाङ, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख तीर्थराज भट्टराई, भैरव गणका गणपति अमृत थापा मगर, विराट राजा प्राचीन दरबार खोज तथा संरक्षण समितिका अध्यक्ष कमल किशोर यादव, वडा नम्बर १८ का वडाध्यक्ष जितेन्द्रकुमार साहलगायतको उपस्थिति थियो ।
भवनलाई उपरथी तामाङले विराटनगर महानगरपालिकाका प्रमुख कोइराला तथा विराट राजा प्राचीन दरबार खोज तथा संरक्षण समितिका संयोजक यादवलाई चाबी दिएर भवन हस्तान्तरण गरेका थिए भने त्यसअगाडि भवनको उपरथी तामाङले उद्घाटन गरेका थिए ।
_lYncvPvrrx.jpg)
विराट राजा दरबार स्थलको ऐतिहासिकता
महाभारत कालमा करिब ८ बिगाहा ३ कट्ठा १७ धुरमा फैलिएको उक्त स्थान भेडियारी राजा विराटको राजधानी रहेको दाबी गरिन्छ । उक्त स्थानलाई मत्सेय देशको नामले समेत चिनिने गरेको छ । यहाँ महाभारत कालमा पाँच पाण्डव र उनीहरूको पत्नी द्रौपदी गुप्तबासको बेना नाम परिवर्तन गरी राजा विराटको दरबारमा लुकेर बसेको किंवदन्ती रहेको छ ।
स्थानीयले संरक्षण गर्दै आइरहेको उक्त स्थानमा २०२७ सालमा नेपाल सरकारको पुरातत्त्व विभागले उत्खनन गरेको थियो । त्यसबेला प्राचीन कालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० वटा भेटिएको थियो । त्यसपछि यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राज दरबार भएको तथ्य पत्ता लागेको थियो । सोही कुरालाई मध्यनजर गर्दै प्राचीन राजा विराट दरबारसङ्ग्रहालयभवन निर्माण गरेको नेपाली सेनाले दाबी गरेको छ । यसअघि उक्त क्षेत्रमा सामान्य घेराबारा बाहेक कुनै पनि ठुला संरचनाहरू निर्माण गरिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण