शान्तिप्रति विचलित छैनौं तर द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको छ : नेता महरा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएपनि द्वन्द्वका केही घटनालाई लिएर पुनः मुलुकलाई द्वन्द्वमा फर्काउने षड्यन्त्र भइरहेको बताएका छन् ।
आइतबार माओवादी धारका नौ वटा कम्युनिस्ट पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेता महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेकाले राज्यको पुर्नसंरचनाको पक्षमा लागिरहेको बताए ।
‘यो लडाई अग्रगमन र पश्गमनबीचको लडाइँ हो । केही शाक्तिहरु राज्यको पुर्नसंरचना होइन प्रतिगमनको दिशामा मुलुकलाई लैजान चाहान्छन्’, महराले भने, ‘फेरि मुलुकलाई पछाडि धकेल्ने कि ? अग्रगमनमा लैजाने भन्ने कुरा प्रमुख विषय हो ।’
उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रहेको मुद्दा कुनै व्यक्ति विशेषको नभएको पनि बताए ।
‘यो मुद्दा त एउटा प्रशंगमात्र हो, तर योसँग सम्बन्धित राज्यलाई अघि बढाउने कि पछि धकेल्ने भन्नेसँग जोडिएको छ’, उनले भने, ‘हामी शान्ति चाहन्छौ र शान्तिप्रति विचलित छैनौं । तर राज्यको पुर्नसंरचना हुनुपर्छ, जनतामा भएको भेदभाव मेटिने किसिमले राज्य पुर्नसंसरचना नहुने हो भने यो द्वन्द्व निम्तिरहन्छ ।’
उनले आफूहरुले द्वन्द्व निम्त्याउन नचाहेको भन्दै शान्तिपूर्ण तरिकाले राज्यको पुनरसंचना होस् र जनताका समस्या सम्बोधन होउन् भन्दा षड्यन्त्रहरु हुन थालेको बताए ।
उनले आफूहरूलाई जनताको विश्वास र समर्थन रहेकाले त्यस्ता षड्यन्त्रहरु परास्त गरिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण