अरामको १६१ अर्ब अमेरिकी डलर नाफा आर्जन गर्न सफल
रियाद । साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको आइतबार जनाएको छ ।
एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी शेयर बजारलाई दिएको जानकारीअनुसार सन् २०२१ को ११० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खुद आम्दानी ४६ प्रतिशतले बढेको छ ।
सन् २०१९ मा अरामको सूचीबद्ध कम्पनी बनेपछिको सबैभन्दा बलियो नतिजा हो । “मुख्यतया कच्चा तेलको उच्च मूल्य र बिक्री भएको परिमाण र बलियो प्रशोधन नाफाको प्रभावका कारण भएको हो,” कम्पनीद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको थियो ।
एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामार्डले एक विज्ञप्तिमा भनेका छन्, “जीवाश्म इन्धनको बिक्रीबाट कम्पनीले एकै वर्षमा १६१ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउनु आश्चर्यजनक छ ।”
एम्नेस्टीले अरामकोको नाफालाई ‘एकै वर्षमा कुनै पनि कम्पनीले सार्वजनिक गरेको अहिलेसम्मकै सबैभन्दा धेरै’ भनेको छ र यसलाई ‘नवीकरणीय ऊर्जामा मानव अधिकारमा आधारित सङ्क्रमणको लागि वित्त पोषण गर्न प्रयोग गरिनुपर्छ’ भनेको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण