सन्दीपले लिए चौथो विकेट, नेपाललाई आठौं सफलता
सोमबार, २९ फागुन २०७९, ११ : ३६

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध आठौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले ३० औं ओभरमा आठौं विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले ३० औं ओभरको पाँचौं बलमा हिला भारेलाई ७ रनमा बोल्ड आउट गरेका हुन् ।
यसअघि नेपालका लागि कुशल मल्लले २७ औं ओभरको चौथो बलमा नोरमान भानुवालाई क्याच आउट गराएका थिए ।