विद्युतीय सवारी साधन प्रयोगको फाइदा मात्रै छः कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।
उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए । उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए ।
त्यस्तै विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको उनको भनाइ छ ।
‘लगानी सँगै हाम्रो खपत बढाउने कार्य योजना अन्तर्गत विद्युतीय सवारी साधनहरू आइरहेको छ, त्यसको लागि विद्युतीय सवारी साधन प्रयोग सबैले गरिदिनुहुन आह्वान गर्छु’, उनले भने, ‘विद्युतीय सवारी साधन प्रयोग गरौँ । त्यसले दुई वटा काम गर्छ । एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेसन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ । विद्युतीय सवारी साधन चल्दा प्रदूषण पनि हट्छ । वातावरणको हिसाबले, स्वास्थ्य सुरक्षाको हिसाबले उपयुक्त सवारी साधन भनेको विद्युतीय सवारी साधन नै हो ।’
उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत् रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत् पुग्ने स्थिति हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण