ललितपुरकी अन्जली : बेलायती नागरिक भन्दै १५ लाख ठगी, केटा बनेर विवाहको प्रलोभन
काठमाडौँ । नाम अन्जली बिसुन्के । ३६ वर्षीय उनको ठेगाना ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ हो । उनै अन्जलीले आफू बेलायती नागरिक भएको भन्दै विवाहको प्रलोभन देखाएर लाखौँ रकम ठगी गरेको खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेसँगै यस्तो रहस्य फेला परेको हो । रोचक त के छ भने उनले पीडितलाई टिकटकलगायतका माध्यममा आफूलाई फ्यांकलिन पाउल (पुरुष)को नाममा चिनाउने गरेकी थिइन् । विभिन्न व्यक्तिसँग जोडिएर उनले आफ्नो श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने प्रलोभन दिने गरेको खुलेको छ ।
‘ईंगल्याण्डको नागरिक हुँ, मेरो श्रीमतीको मृत्यु भैसकेको छ, म नेपाल आई तिमीलाई विवाह गरी ईंगल्याण्ड लैजान्छु’ जस्ता विभिन्न प्रलोभनका कुराहरु उनले ह्वाटएपमार्फत समेत भन्ने गरेको प्रहरीले जनाएको छ । सो क्रममा उनले ७० हजार डलरसहितको लगेज पठाएको लगायतको प्रलोभन दिएर पीडितसँग १५ लाख २० हजार रुपैयाँ बराबरको ठगी गरेको खुल्न आएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खातामा पीडितलाई पटक पटक गरी सो रकम पठाउनलगाएको उजुरी परेको थियो । उक्त ठगी कार्यमा संलग्न जिल्ला बिसुन्केलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण