शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरकी अन्जली : बेलायती नागरिक भन्दै १५ लाख ठगी, केटा बनेर विवाहको प्रलोभन

सोमबार, २९ फागुन २०७९, १७ : ११
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । नाम अन्जली बिसुन्के । ३६ वर्षीय उनको ठेगाना ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ हो । उनै अन्जलीले आफू बेलायती नागरिक भएको भन्दै विवाहको प्रलोभन देखाएर लाखौँ रकम ठगी गरेको खुलेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेसँगै यस्तो रहस्य फेला परेको हो । रोचक त के छ भने उनले पीडितलाई टिकटकलगायतका माध्यममा आफूलाई फ्यांकलिन पाउल (पुरुष)को नाममा चिनाउने गरेकी थिइन् । विभिन्न व्यक्तिसँग जोडिएर उनले आफ्नो श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने प्रलोभन दिने गरेको खुलेको छ । 

‘ईंगल्याण्डको नागरिक हुँ, मेरो श्रीमतीको मृत्यु भैसकेको छ, म नेपाल आई तिमीलाई विवाह गरी ईंगल्याण्ड लैजान्छु’ जस्ता विभिन्न प्रलोभनका कुराहरु उनले ह्वाटएपमार्फत समेत भन्ने गरेको प्रहरीले जनाएको छ । सो क्रममा उनले ७० हजार डलरसहितको लगेज पठाएको लगायतको प्रलोभन दिएर पीडितसँग १५ लाख २० हजार रुपैयाँ बराबरको ठगी गरेको खुल्न आएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

 

उनले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खातामा पीडितलाई पटक पटक गरी  सो रकम पठाउनलगाएको उजुरी परेको थियो ।  उक्त ठगी कार्यमा संलग्न जिल्ला बिसुन्केलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको राठौरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप