जुम्ली काली मार्सी धानको नयाँ जात विकास गरिने
जुम्ला । जुम्ली काली मार्सी धानको नयाँ जात विकास गरिने भएको छ । १३ वर्षको अनुसन्धानबाट नयाँ जात विकास गरिएको कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख रमेश उमागाईले बताए। उमागाईका अनुसार धानलाई जुम्ली मार्सी १८, जुम्ली मार्सी २० र जुम्ली मार्सी–२२ नाम दिइएको छ। यी ३ जातको धान किसानको खेत र अनुसन्धान केन्द्रको आफ्नै जमिनमा परीक्षण गरिसकिएको छ।
परम्परागत मार्सी धानमा ब्लास्ट रोगको प्रकोप बढ्न थालेपछि रोग प्रतिरोधी मार्सी धान विकासका लागि नार्कका वैज्ञानिक लागिपरेका थिए । विकसित नयाँ धान औपचारिक रूपमा घोषणा नगरिएको उनले बताए। नार्कले औपचारिक रूपमा घोषणा नगर्दासम्म किसानलाई वितरण नगर्न नमिल्ने ओल्याए। 'सन् २०१० देखि नै जुम्ली मार्सी धान सङ्कलन गरी अनुसन्धान सुरु गरिएको हो। हामीलाई उत्पादन बढी दिने र रोग नलाग्ने मार्सी धान चाहिएको हो' उनले भने 'निष्कर्षमा ३ जात निकालिएको छ ।'
जुम्ली मार्सी धान १ हजार ४ सय हेक्टरमा लगाइन्छ । औसतमा प्रतिहेक्टर १ दशमलव ८ टन मार्सी उत्पादन हुन्छ । हरेक वर्ष ब्लास्ट रोगले मात्र २६ प्रतिशत नास गरिरहेको छ। कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए। उनले भने जुम्लामा बर्सेनि २६ करोड रुपैयाँ बराबरको धान फल्छ । प्रतिहेक्टर १ लाख ४० हजार रुपैयाँ बराबरको धान फलिरहेको छ । ब्लास्ट रोगका कारण ६ करोड रुपैयाँ बराबरको उत्पादन बर्सेनि नोक्सान भइरहेको छ ।जुम्लामा १ सय ८० दिनमा धान पाक्छ ।
जुम्ली मार्सी धानको खेती चैत महिनामा सुरु भएर कात्तिक महिनामा फल भित्र्याइन्छ । अन्तर्राष्ट्रिय धानबाली प्रतिष्ठानका नेपाल प्रतिनिधि डा। कृष्णदेव जोशीले मार्सी धानको अवस्था, शक्तिशाली जीवाणु र वातावरण धानको लागि अनुकूलित छ, या छैन भन्ने विषयले उत्पादनमा फरक पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण